देउखुरी स्तरीय वक्तृत्वकला प्रतियोगितामा तमन्ना पौडेल विजयी
फागुन २४, देउखुरी – देउखुरी व्यापी अन्तर माध्यमिक सामुदायिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगितामा माध्यमिक विद्यालय फल्कापुरकी छात्रा तमन्ना पौडेलले पहिलो स्थान हासिल गरेकी छन्।
सुर्यविनायक माध्यमिक विद्यालय, लमही नगरपालिका-१, नर्तीमा गठित सस्टेनेबल डेभलपमेन्ट गोल विद्यार्थी क्लबले दिगो विकास लक्ष्य सम्बन्धी नमुना कार्यक्रम अन्तर्गत उक्त प्रतियोगिता आयोजना गरेको थियो। प्रतियोगितामा "दिगो विकासका लागि विश्वव्यापी लक्ष्य र नेपालको लक्ष्य तथा हालसम्मको कार्यान्वयन अवस्था" विषयमा विद्यार्थीहरूबीच प्रतिस्पर्धा भएको थियो।
प्रतियोगितामा सरस्वती मावि गोवरडिहाकी छात्रा ज्ञानमति यादव दोस्रो, सुर्यविनायक मावि नर्तीकी छात्रा अनिता परियार तेस्रो, र आदर्श नमुना माध्यमिक विद्यालय देउपुरका छात्र ज्ञहेन्द्र यादवले सान्त्वना स्थान हासिल गरे। विजेताहरूलाई क्रमशः ५ हजार, ३ हजार, २ हजार, र १ हजार नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको थियो।
कार्यक्रम क्लबका अध्यक्ष एन्जिल पोख्रेलको अध्यक्षता तथा लुम्बिनी प्रदेश शिक्षा तथा सामाजिक विकास निर्देशनालयका निमित्त महानिर्देशक नारायण प्रसाद पोख्रेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।
कार्यक्रममा देउखुरी बहुमुखी क्याम्पस लमहीका क्याम्पस प्रमुख शिव वली, सत्य मावि ददेरी प्युठानका प्रधानाध्यापक नारायण प्रसाद पौडेल लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। विद्यालयका प्रधानाध्यापक रामबहादुर केसीको स्वागत मन्तव्यबाट कार्यक्रम प्रारम्भ भएको थियो भने सञ्चालन शिक्षक हरिप्रसाद रिजालले गरेका थिए।
ट्रेन्डिङ
धेरै कमेन्ट गरिएका
सम्बन्धित खबर
कार/बाईक
फोर्डको विद्युतीय एसयूभीमा बीवाईडीको ब्लेड ब्याट्री, चीनमा जेएमसीले उत्पादन गर्ने
Jul, 19, 2025
Deukhuri Online
कार/बाईक
राप्ती प्रेस मञ्चद्वारा प्रमुख प्रशासकीय अधिकृत पाठकलाई स्वागत
Mar, 10, 2025
Deukhuri Online