मुख्यमन्त्री आचार्यद्वारा प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको उद्घाटन
फाल्गुन २५, देउखुरी – लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा ब्याटिङ गर्दै प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको उद्घाटन गर्नुभयो। नेपाल क्रिकेट संघ (क्यान) द्वारा आयोजित यो प्रतियोगिता दाङको लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदान, सिद्धार्थ रंगशाला, र तिलोत्तमा एक्स्ट्राटेक ओभल मैदानमा सञ्चालन भइरहेको छ।
मुख्यमन्त्री आचार्यले खेल पर्यटनले देशको समृद्धि र विकासमा महत्वपूर्ण योगदान पुर्याउने बताउँदै, सरकार खेल क्षेत्रको पूर्वाधार विकास, खेलाडीको क्षमता अभिवृद्धि, र नयाँ प्रतिभा उत्पादनमा विशेष ध्यान दिइरहेको उल्लेख गर्नुभयो।
क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दका अनुसार काठमाडौं बाहिर पहिलोपटक लुम्बिनी प्रदेशमा प्रधानमन्त्री कप प्रतियोगिता आयोजना भई नयाँ इतिहास रचिएको छ। प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोलीको सहभागिता रहेको छ।
हाल देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा भइरहेको छ।
ट्रेन्डिङ
धेरै कमेन्ट गरिएका
सम्बन्धित खबर
कार/बाईक
फोर्डको विद्युतीय एसयूभीमा बीवाईडीको ब्लेड ब्याट्री, चीनमा जेएमसीले उत्पादन गर्ने
Jul, 19, 2025
Deukhuri Online
कार/बाईक
राप्ती प्रेस मञ्चद्वारा प्रमुख प्रशासकीय अधिकृत पाठकलाई स्वागत
Mar, 10, 2025
Deukhuri Online