महिला सशक्तिकरणका लागि उद्यमशीलता आवश्यक: सभामुख घर्ती मगर

महिला सशक्तिकरणका लागि उद्यमशीलता आवश्यक: सभामुख घर्ती मगर

फागुन २४, देउखुरी –   लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले उद्यमशीलताको माध्यमबाट महिलाहरूलाई आर्थिक रूपमा सशक्त बनाउन सकिने बताएका छन्। ११५ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले राजनीतिक तथा आर्थिक अधिकारले महिला सशक्तिकरणको नारालाई सार्थकता दिने उल्लेख गरे।

उनले ऐतिहासिक जनआन्दोलन, महान् जनयुद्ध, विभिन्न संघर्ष तथा परिवर्तनका क्रममा नेपाली महिलाहरूको नेतृत्वदायी भूमिका उल्लेखनीय रहेको स्मरण गराए। महिलाहरूको सहभागिता र नेतृत्वलाई अझ मजबुत बनाउन महिला मैत्री नीति अवलम्बन गर्दै लैङ्गिक समानताको आधार निर्माण गर्न आवश्यक रहेको उनले बताए।

सभामुख घर्ती मगरले नेपालको संविधानले महिलाको हकलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको उल्लेख गर्दै तीनै तहका सरकारले महिला प्रतिनिधित्व र सशक्तिकरणमा अझ बढी ध्यान दिनुपर्ने धारणा राखे।

यस वर्षको अन्तर्राष्ट्रिय महिला दिवसको राष्ट्रिय नारालाई सार्थक तुल्याउन सबै सरोकारवालाहरूले जिम्मेवारीपूर्वक लाग्नुपर्ने भन्दै उनले व्यवसायिक तथा उद्यमशीलता प्रवर्द्धनमार्फत महिलाहरूलाई आर्थिक रूपमा सशक्त बनाउन प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गरे।

. . .
ट्रेन्डिङ
धेरै कमेन्ट गरिएका